आईपीएलमा राजस्थानमाथि गुजरातको सानदार जित आज दुई खेल हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ बैशाख २०८३, आईतवार
1 Min Read
Aa

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले राजस्थान रोयल्सलाई ७७ रनले हराएको छ ।

हिजो बेलुका भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले ४ विकेट गुमाएर २२९ रन बनाएको थियो । गुजरातले दिएको २३० रनको लक्ष्य पछ्याएको राजस्थानले १६ ओभर ३ बलमा १५२ रन बनाएर अलआउट भयो । जीतसँगै गुजरात अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । राजस्थान रोयल्स पाँचौँ स्थानमा छ । गुजरातको ११ खेलमा १४ अङ्क र राजस्थानको समान खेलमा १२ अङ्क छ ।

- Advertisement -
Ad imageAd image

आईपीएलमा आज चेन्नई सुपर किङ्ग्स र लखनउ सुपर जाइन्टस् तथा रोयल च्यालेन्जर्स बैंग्लुरु र मुम्बई इन्डियन्सले प्रतिस्पर्धा गर्दैछन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्