काठमाडौं – पूर्वप्रधानमन्त्री सुशीला कार्की प्रधानमन्त्री बालेन शाहप्रति रुष्ट देखिएकी छन्। संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा चौथो वरीयतामा रहेका डा. मनोजकुमार शर्मालाई नियुक्त गर्न सिफारिस गरेपछि कार्कीले कार्की प्रधानमन्त्री शाहप्रति असन्तुष्ट बनेकी हुन्।
उक्त असन्तुष्टी कार्कीले शनिबार पनि पोखेकी छन्। उनी आज काठमाडौंको राष्ट्रिय सभा गृहमा कानुन दिवसमा आयोजित कार्यक्रममा सरिक हुन पुगेकी थिइन्।
कार्यक्रमबाट सञ्चारकर्मी दिवाकर साहले उनलाई ‘आमा’ सम्बोधन गरेपछि आक्रोशित बनेकी थिइन्।
उनले प्रतिप्रश्न गर्दै भन्छिन्, ‘को ले आमा भनेको?’ साहको जवाफ थियो, ‘मैले भनेको।’ कार्कीले भनिन्– तिमीहरूको आमा नै फेरिइसक्यो।
साहले भने- ‘केही फरक पर्दैन, आमा फेरिँदैन।’
कार्कीले भनिन्, ‘बालेनको श्रीमतीलाई आमा भन, अब।’ साहले उनलाई ‘तपाईं देशकै आमा हो’ भन्न खोज्दा कार्की ‘होइन, होइन’ भन्दै हिँडेकी थिइन्।
यसले उनी प्रधानन्यायाधीश नियुक्तिका लागि गरिएको सिफारिसको विषयलाई लिएर असन्तुष्ट रहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्