दिल्लीविरुद्ध कोलकाताको सहज जित: आज राजस्थान र गुजरात भिड्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ बैशाख २०८३, शनिबार
1 Min Read
Aa

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सहज जित निकालेको छ । शुक्रबार राति दिल्लीमा सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई ८ विकेटले हराउँदै कोलकाता विजयी भएको हो ।

दिल्लीले दिएको १ सय ४३ रनको लक्ष्य कोलकाताले १४ ओभर २ बलमा २ विकेट गुमाएर पूरा ग¥यो । कोलकाताका फिन एलेनले सर्वाधिक एक सय रनको शतकीय पारी खेले । यस्तै, क्यामरुन ग्रीनले ३३, अजिन्क्या रहाणेले १३ रन जोडे । दिल्लीका अक्षर पटेले १ विकेट लिए ।

- Advertisement -
Ad image

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो । दिल्लीका पथुम निसान्काले ५० रनको अर्धशतकीय इनिङ खेले । यस्तै, आशुतोष शर्माले ३९ र अक्षर पटेलले ११ रनको योगदान दिए ।

कोलकाताका कार्तिक त्यागी र अनुकूल रोयले २–२ तथा क्यामरुन ग्रीनले १ विकेट लिए । यो जिततसँगै कोलकाता नाइट राइडर्स १० खेलबाट ९ अंकसहित तालिकाको सातौँ स्थानमा छ । एक खेल बढी खेलेको दिल्ली क्यापिटल्स ८ अंकका साथ आठौँ स्थानमा छ । आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्स भिड्दै छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्