साताको अन्तिम कारोबार दिन २७ अंकले बढ्यो नेप्से: कारोबार रकममा सुधार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ बैशाख २०८३, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार हरियो भएर बन्द भएको छ । यसदिन नेप्से २७ अंकले बढेर परिसुचक २७४५मा पुगेको छ । आज कारोबार रकम पनि बढेको छ । बिहीबार २ अर्ब ९३ करोडको कारोबार भएकोमा आज ३ अर्ब २८ करोडको भयो ।

कारोबारमा आएका २३५ कम्पनीको मूल्य बढेको छ भने २६ कम्पनीको घटेको छ । त्यस्तै ८ कम्पनीको मूल्य भने स्थिर रह्यो । कारोबार रकमका आधारमा यसदिन होटल फरेस्ट इन, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, ङादी ग्रुप र रिडी पावर अगाडि रहे ।

- Advertisement -
Ad imageAd image

यसदिन त्रिशूली जलविद्युत्को मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो भने स्वाबलम्बन लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.५४ प्रतिशत घट्यो ।

आज व्यापार स्थिर रह्यो भने अरू सबै समूहका सूचक बढेका छन् । बैंकिङ ०.६७, विकास बैंक ०.९५, फाइनान्स १.८७, होटल तथा पर्यटन १.४८, हाइड्रोपावर १.७१, लगानी १.१०, जीवन बीमा ०.६२, उत्पादन तथा प्रशोधन १.४०, माइक्रोफाइनान्स ०.१६ तथा अन्य १.१३ प्रतिशत बढे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्