काठमाडौं – सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । संवैधानिक परिषद्को बिहीबार बसेको बैठकले रोलक्रममा चौथो स्थानमा रहेका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।
वरिष्ठतम् न्यायाधीशको साटो रोलक्रमको चौथो स्थानमा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलोपटक हो । का.मु. प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित वरिष्ठतम् न्यायाधीश कुमार रेग्मी र हरि फुयाललाई छाडेर संवैधानिक परिषद्ले चौथो वरियताक्रममा रहेका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।
संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेमा शर्मा ३३ औं प्रधानन्यायाधीश बन्नेछन् ।


प्रतिक्रिया दिनुहोस्