आत्महत्या दुरुत्साहन मुद्दामा प्रधानमन्त्री बालेनमाथि छानबिन गर्न माग गर्दै प्रहरीमा उजुरी !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ बैशाख २०८३, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री एवं गृहमन्त्री बालेन शाहमाथि छानबिन गर्न काठमाडौं जिल्ला प्रहरी परिसरमा निवेदन दर्ता गरेको छ।

बल्खु र थापाथली सुकुम्बासी बस्तीमा भएका दुई आत्महत्या घटनाको विस्तृत, निष्पक्ष छानबिन माग गर्दै निवेदन दर्ता गरेको प्रवक्ता विजय शाहले जानकारी दिए।

- Advertisement -
Ad imageAd image

उनले प्रधानमन्त्री एवं गृहमन्त्री शाहको निर्देशनमा सञ्चालित डोजर अभियानले पीडितहरूमा अत्यधिक मानसिक तनाव सिर्जना गरेको र आत्महत्या दुरुत्साहनमा भूमिका रहे/नरहेको छानबिन गर्न माग गरे।

प्रवक्ता शाहले निवेदनमा लेखेका छन्, ‘दुवै घटना डोजर अभियानका क्रममा पीडितहरूमा डर, त्रास र अनिश्चितता बढेको प्रारम्भिक जानकारीका आधारमा भएको हो।’ उनले मुलुकी अपराध संहिता २०७४ को दफा १०८ (आत्महत्या दुरुत्साहन) अनुसार सम्बन्धित पक्षको जिम्मेवारी निर्धारण गर्न माग गरे।

शाहले स्थायी ठेगाना चौरपाटी गाउँपालिका-४, अछाम उल्लेख गर्दै सम्पर्क नम्बर ९८६५९०७७८० समेत दिइ निवेदन पेस गरेका छन्।

सरकारले हालै काठमाडौंका नदी किनारका सुकुम्बासी बस्ती हटाउन डोजर अभियान तीव्र बनाएको छ। अभियानका क्रममा यी दुई घटनाले विस्थापित समुदायमा त्रास फैलाएको र मानसिक स्वास्थ्यबारे प्रश्न उठाएको छ। युवा संगठनहरूले अभियानलाई अमानवीय भनेका छन् भने सरकारले नदी किनार सफाइ र विकासका लागि अभियान चलाइएको दाबी गरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्