थामिएन सेयर बजारको पहिरो: ३४ अंकले घट्यो नेप्से

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ बैशाख २०८३, सोमबार
1 Min Read
Aa

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ३४ दशमलव ६३ अंकले घटेर दुई हजार ७०४ दशमलव ०८ बिन्दुमा कायम भएको छ । यो एक दशमलव २६ प्रतिशतको गिरावट हो ।

आज ३४१ कम्पनीको एक करोड ७४ हजार ५२४ कित्ता शेयर ६८ हजार ६३५ पटक खरिद बिक्री हुँदा चार अर्ब २६ करोड ५३ लाख ९० हजार २०४ बराबरको कारोबार भएको छ ।

- Advertisement -
Ad image

आजको कारोबारमा लघुवित्त समूह सामान्य अंकले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ८६, विकास बैंक दुई दशमलव १४, वित्त शून्य दशमलव ९६, होटल तथा पर्यटन एक दशमलव ३५, जलविद्युत् दुई दशमलव २३ र लगानी एक दशमलव ३६ प्रतिशतले घटेको छ ।

त्यस्तै, जीवन बीमा शून्य दशमलव ४९, उत्पादन तथा प्रशोधन दुई दशमलव दुई दशमलव ५४, म्युचुअल फन्ड शून्य दशमलव ६२, निर्जीवन बीमा शून्य दशमलव ९३, व्यापार एक दशमलव ३८ र अन्य समूह शून्य दशमलव ५० प्रतिशतले घटेको छ ।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्