वैशाख २१ गते सोमबारको तपाईको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ बैशाख २०८३, सोमबार
7 Min Read
Aa

आज मिति वि. सं. २०८३ वैशाख २१ गते सोमबार ई. सं. २०२६ मे ४ नेपाल सम्बत ११४६ वछलाथ्व तृतीया, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, जेष्ठ कृष्ण पक्ष तृतीया, चन्द्रमा बृश्विक राशिमा, अनुराधा नक्षत्र, परिघ योग, वणिज करण । आज बिहान ५ बजेर २४ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर ३९ मिनेटमा अस्ताउनेछ ।

 

- Advertisement -
Ad image

आजको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– विभिन्न अवसरले पछ्याउने समय छ । शिक्षा र साझेदारीमा विशेष फाइदा होला । परोपकार र मङ्गलमय काम सम्पादन गर्न सकिनेछ । आयआर्जनका स्रोत भेटिनेछन् । व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्ने योग छ । पढाइलेखाइमा पनि राम्रो नतिजा हासिल गर्न सकिनेछ । यात्रागत कार्य विशेष फलदायी बन्नाले उत्साह जाग्नेछ । कर्मबल वृद्धि भइ रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण रहला । परिवारिक सुख र उत्साह बढ्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– आजको दिन शुभ तथा सुखदायी रहला । बौद्धिक कार्यमा विशेष सफलता मिल्नुका साथै पढाइलेखाइमा प्रगति हुनेछ । उत्तम रोजगारीमा प्रवेश वा पदोन्नतिको सम्भावना छ । अनुकूल स्थानान्तरणको पनि योग छ । अतिरिक्त आम्दानी वृद्धि होला । घरै बसेर विभिन्न काम सम्पादन गर्न सकिनेछ । कतै अतिथिका रूपमा सम्मान पाइएला । आरोग्यबल वृद्धि हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– आजको दिन केही प्रतिकूल रहला । कामका प्रयत्न निष्फलजस्तै हुने र काम बिग्रने भयले सताउने सम्भावना छ । बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । स्वास्थ्यसम्बन्धी समस्याले पनि सताउने योग छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने देखिएपनि सामाजिक प्रतिष्ठा आर्जन हुने देखिन्छ । बुद्धि–विवेकको सही प्रयोगले वर्चश्व कायम राख्न सघाउ पुग्नेछ । आत्मविश्वासमा कमी आउनेछैन । साहस वृद्धि हुनेछ भने रचनात्मक कार्य बन्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– मित्रजनको साथ-सहयोगले रोकिएको काममा सफलता हातपर्ने दिन छ । जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले जटिल काम पनि सहजै सफल हुनेछन् । विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ । व्यवसायिक व्यक्तिका लागि पनि सहयोगीको राम्रो साथ रहनेछ । साझेदारीमा फाइदा हुनेछ । स्वास्थ्य केही कमजोर रहनसक्छ, सबल स्वास्थ्यका लागि खानपानमा विशेष सावधानी अपनाउनुहोला । प्रेमभाव बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– मिश्रित फलदायी समय छ । सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्नसक्ने सम्भावना रहेपनि बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई समय निकै अनुकूल रहला । कृषिकर्म एवम् व्यवसायमा उन्नति हुनुका साथै राम्रै धन कमाउने अवसर जुट्नेछ । नयाँ नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ । प्रेमभाव वृद्धिका साथै ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– रोकिएका काम बन्न थाल्ने समय शुभदायी छ । विरोधिहरूले समेत प्रशंसा गर्नेछन् । परोपकार र सामाजिक काममा रुचि जाग्नेछ भने पठनपाठन कार्यमा पनि प्रगति हुनेछ । सकारात्मक सोचाइले मनमा बास गर्नेछ । धन वृद्धि हुने तथा व्यापार र उद्योगतर्फ फाइदा हुने देखिन्छ । यात्राको व्यवस्थापनमा केही खर्च हुनसक्छ । शत्रुसित लड्ने सामर्थ्य वृद्धि होला । सुख–सुविधाको वस्तु बढ्नेछन् ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने तथा बौद्धिक र रचनात्मक कार्य पनि बन्ने समय छ । जीवनसाथी एवम् सन्तान पक्षको साथ-सहयोगबाट भौतिक सम्पत्ति लाभ हुने योग छ । घर–जग्गा जोड्ने प्रयासमा हुनुहुन्छ भने सकारात्मक सङ्केतहरू मिल्नेछन् । अध्ययनका लागि विदेशयात्राको सम्भावना वृद्धि हुनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । जटिल कार्यमा पनि सहज सफलता मिल्नेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– मिश्रित फलदायी समय छ । सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती समेत सामना गर्नपर्ला । बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउनसक्ने दिन छ । शक्तिमा अंकुश लाग्नेछ । तथापि, सन्तान पक्षबाट लाभ र सुख मिल्नेछ । प्रेम वा दाम्पत्यमा आत्मीयभाव वृद्धि होला । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । दीर्घकालीन योजनाहरू अघि बढ्नेछन् । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):–  नियमित कार्यमा जाँगर वृद्धि हुनुका सार्थ विशेष कार्ययोजना पनि अघि बढाउन सकिने समय छ । आर्थिक पक्ष पनि सबल रहला । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । सामाजिक क्रियाकलापमा रहेको संलग्नताले मानसम्मान पाइएला । आयआर्जनका स्रोत बढ्नेछन् भने उद्योगधन्दा र रोजगारीका लागि विभिन्न अवसर आउनेछन् । सन्तान, अनुयायी र मातृशक्तिको सल्लाह–सहयोगले काममा फाइदा हुन सक्छ । बौद्धिकता बढ्नाले कुनैपनि समस्याको समाधान मिल्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्ने र व्यावसायिक काम पनि बिग्रनसक्ने समय छ । बिनाकारण आफन्तजन रुष्ट हुनसक्छन् । बोली र व्यवहारमा लगाम लगाएर सङ्कटहरू टार्न सकिनेछ । मातापिताका बारेमा चिन्ता बढ्ला । विश्वासपात्रले धोका दिन सक्छन्, सजग रहनुहोला । वैदेशिक रोजगारीमा केही समस्या आउनेछन् । श्रम र उत्पादनको उचित मूल्य नमिल्न सक्छ । विगतका निर्णयले काम बिग्रन सक्छ । प्रतिकुलताका बाबजुद मनोरञ्जनत्मक क्रियाकलापमा आकर्षण रहनेछ । समस्यामा आफन्तजनको साथ मिल्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– मित्रता, प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल देखिन्छ । तर्कशक्ति बढ्नेछ भने कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइएला । शुभता बढेर रोकिएको काम पनि बन्न सक्नेछ । बौद्धिक तथा रचनात्मक कार्यमा विशेष सफलता मिल्नेछ । सुख–सुविधाको वस्तु खरिदमा केही खर्च हुन सक्छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– नियमित कार्यमा विलम्ब र चुनौतीको सामना गर्नुपर्ने समय छ । पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमुटाव र छटपटी बढ्ने देखिन्छ । सामाजिक प्रतिष्ठामा कमी आउन सक्छ । मानहानी वा अपयशको सम्भावना रहेकोले सार्वजनिक व्यवहारबाट पन्छिने प्रयास गर्नु हितकर होला । आर्थिक अभावले सताउन सक्छ । आश्वासन दिएर झुक्याउनेहरूको सक्रियता रहनेछ, सचेत रहनुहोला । यात्रागत कार्यमा आंशिक सफलता मिल्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्