मनोहरा किनारको बस्ती हटाउने क्रममा तनाव: करिब १ दर्जन प्रहरी घाइते

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ बैशाख २०८३, शनिबार
1 Min Read
Aa

काठमाडौं – काठमाडौं उपत्यकाको मनोहरा नदी किनार क्षेत्रमा अतिक्रमित संरचना भत्काउन पुगेको डोजरमाथि ढुंगामुढा प्रहार भएको छ ।

संरचना भत्काउन पुगेको डोजरमाथि एक समूहमा आएका युवाहरू ढुंगामुढा गरेको हो ।

- Advertisement -
Ad image

उक्त ढुंगामुढाका क्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीका करिब १ दर्जन कर्मचारी घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

संरचना खाली गर्न गएको टोलीलाई स्थानीयले आज नगरी भोलि भत्काउन अनुरोध गरेको थियो । उनीहरूको अनुरोधलाई स्विकारेर प्रहरीको टोली फर्कीएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्