नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब २७ करोडको कारोबार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ बैशाख २०८३, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज परिसूचकमा सामान्य सुधार देखिएको छ। शुक्रबार नेप्से परिसूचक १.५४ अंकले बढेर २७८८.७० विन्दुमा पुगेर बन्द भएको छ।

परिसूचकमा झिनो वृद्धि देखिए पनि आज कारोबार रकम भने उत्साहजनक रहेको छ। दिनभर कुल ३५१ कम्पनीका १ करोड २१ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २७ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

- Advertisement -
Ad image

आज कारोबार भएका कम्पनीहरूमध्ये ८७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ। बाँकी १४ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

आज तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पाल्पा सिमेन्ट, शिखर पावर र माईखोला हाईड्रोपावरको सेयर मूल्य समान १५ प्रतिशतले बढेको छ। त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १२.६२ प्रतिशतले बढेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्