आईपीएलमा मुम्बईमाथि चेन्नईको सानदार जित आज आरसीबी र गुजरात भिड्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ बैशाख २०८३, शुक्रबार
1 Min Read
Aa
Chennai Super Kings' captain Ruturaj Gaikwad, right, and Sanju Samson run between the wickets during the Indian Premier League cricket match between Mumbai Indians and Chennai Super Kings in Mumbai, India, Thursday, April 23, 2026.(AP Photo/ Rafiq Maqbool)

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्समाथि १०३ रनको सानदार जित दर्ता गरेको छ । वानखेडे स्टेडियममा भएको एकतर्फी प्रतिस्पर्धामा चेन्नईले दिएको २०८ रनको विशाल लक्ष्य पछ्याएको मुम्बई १९ ओभरमा मात्र १०४ रनमा समेटियो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०७ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो । चेन्नईको जितको नायक कप्तान सन्जु सामसन रहे । उनले मात्र ५४ बलमा अविजित १०१ रनको शतकीय इनिङ्स खेले । आफ्नो पारीमा उनले मुम्बईका बलरहरूलाई निरिह बनाएका थिए ।

- Advertisement -
Ad imageAd image

२०८ रनको लक्ष्यसहित मैदान उत्रिएको मुम्बईको ब्याटिङ सुरुदेखि नै धर्मराएको थियो । चेन्नईका बलरको सटिक बलिङ र चुस्त फिल्डिङसामु मुम्बईका कुनै पनि ब्याटरले खुलेर खेल्न सकेनन् । मुम्बईका लागि कुनै पनि ठूलो साझेदारी बन्न सकेन र टोली १०४ रनमै अलआउट हुन पुग्यो ।
ब्याटिङमा शतक प्रहार गर्नुका साथै दुईवटा क्याच समेत लिएका सन्जु सामसन ‘प्लेयर अफ द म्याच’ बने । यो जितसँगै चेन्नई चेन्नई पाँचौँ स्थानमा उक्लिएको छ । खराब लय जारी रहेको मुम्बई अहिले तालिकाको आठौँ स्थानमा छ । आईपीएलमा आज रोयल च्यालेंजर्स बैंगलुरू र गुजरात टाइटन्स भिड्दै छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्