संघीय संसद्को आगामी अधिवेशन बस्दै नबसी स्थगित !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० बैशाख २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौं – आगामी वैशाख १७ गतेका लागि आह्वान गरिएको संघीय संसद्को दुवै सदनको अधिवेशन हाललाई स्थगित गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा संसद् अधिवेशन स्थगित गरेका हुन् ।

यसअघि वैशाख ८ गतेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेका थिए । तर वैशाख १० गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ‘विशेष कारणवश’ अधिवेशन हाललाई स्थगित गर्न सिफारिस गरेपछि राष्ट्रपतिले सोही बमोजिम निर्णय गरेका हुन् ।

- Advertisement -
Ad image

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम आह्वान गरिएको संसद्को दुवै सदनको अधिवेशन हाललाई स्थगित गरिएको उल्लेख छ ।

अर्को अधिवेशन कहिले बस्ने भन्नेबारे विज्ञप्तिमा केही खुलाइएको छैन ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्