काठमाडौं – थापाथलीस्थित सुकुम्वासी बस्ती खाली गराउन प्रहरीले सूचित गरेको छ ।
साँझ माइकिङ गर्दै प्रहरीले बस्ती खाली गराउन भनेको हो । प्रधानमन्त्री बालेन शाहले बुधबार सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै शनिबार र आइतबारभित्र सुकुम्वासी बस्ती खाली गराउन निर्देशन दिएका थिए ।
उक्त निर्देशनको आधारमा प्रहरीले भोलि बेलुकासम्म ठाउँ खाली गर्न माइकिङ गरिरहेको हो । बालेनले काठमाडौं मेयर हुँदादेखि नै बस्ती खालीको प्रयत्न गरिरहेका थिए । उनको प्रयास सफल भएको थिएन ।


प्रतिक्रिया दिनुहोस्