हवाई इन्धन मूल्य वृद्धि पछि आन्तरिक उडान यात्रुमा गिरावट, एयरलाइन्सद्वारा उडान मर्ज र कटौती सुरु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० चैत्र २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौँ – हवाई इन्धनको मूल्य वृद्धि भएपछि नेपालमा आन्तरिक उडानका यात्रुको संख्या उल्लेख्य रूपमा घटेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार चैत १८ पछि दैनिक औसत १२ हजार यात्रुबाट घटेर करिब ७ देखि ८ हजार मात्र यात्रुले आन्तरिक उडान प्रयोग गरिरहेका छन्।

- Advertisement -
Ad image

हवाई भाडा बढेसँगै अत्यावश्यक बाहेकका यात्रुहरू सडक यातायाततर्फ आकर्षित हुँदा यात्रु संख्या घटेको अनुमान गरिएको छ। यात्रु घट्दा एयरलाइन्स कम्पनीसँगै प्राधिकरणको आम्दानीमा समेत असर परेको छ, जसअनुसार दैनिक करिब ८ लाख रुपैयाँसम्म नोक्सानी भइरहेको बताइएको छ ।

यसैबीच एयरलाइन्सहरूले उडान कटौती र मर्ज गरेर सेवा सञ्चालन गरिरहेका छन् भने सरकारसँग कर तथा शुल्कमा सहुलियतको माग गरिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्