मुम्बईमाथि राजस्थान रोयल्स २७ रनले विजयी आज दिल्ली र गुजरात भिड्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ चैत्र २०८२, बुधबार
2 Min Read
Aa

काठमाडौं – राजस्थान रोयल्सले जारी आइपीएल अन्तर्गतको खेलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा राजस्थानले मुम्बईलाई २७ रनले पराजित गरेको हो ।

बर्षाका काराण ११-११ ओभरमा खेलाइएको खेलमा राजस्थानले दिएको १५१ रनको लक्ष्य पछाएको मुम्बईले ११ ओभरमा ९ विकेट गुमाएर १२३ रन मात्र बनाएको थियो । मुम्बईका लागि नमन धिर र शेरफान रुथरफोर्डले २५-२५ रन बनाएका थिए भने तिलक बर्माले १४ रन बनाएका थिए । त्यस्तै राजस्थानका बलर रवि विश्नोई, सन्दीप शर्मा र नान्द्रे बर्गरले २-२ विकेट लिएका थिए ।

- Advertisement -
Ad imageAd image

यसअघि टस हारेर पहिला ब्याटिङ्ग गरेको राजस्थानले ११ ओभरमा ३ विकेट गुमाएर १५० रन बनाएको थियो । राजस्थानका लागि यशस्वी जैसवालले सर्बाधिक ७७ रन बनाए भने वैभव सूर्यवंशीले ३९ रन बनाए । त्यस्तै कप्तान रियान परागले २० रन बनाएका थिए ।

यो जितपछि राजस्थान ३ खेलमा ६ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै मुम्बईको भने ३ खेलमा २ अंक रहेको छ ।

जारी आइपीएल अन्तर्गत आज एक खेल हुदैछ । आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुदैछ । दिल्लीमा हुने यो खेल नेपाली अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ । जारी आइपीएलमा दिल्ली क्यापिटल्सले आफ्ना शुरुका दुवै खेल जितेर शानदार शुरुवात गरेको छ । दिल्लीले मुम्बई इण्डियन्स र लखनउ सुपर जाइन्टलाई पराजित गरेको थियो ।

त्यसैगरी गुजरात टाइटन्सले भने आफ्ना शुरुवाती दुवै खेलमा हार बेहोरेर पहिलो जितको खोजीमा रहेको छ । गुजरातले पहिलो खेलमा राजस्थान रोयल्स र दोस्रो खेलमा पञ्जाव किंग्ससँग हार बेहोरेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्