दलगत आधारमा कसैलाई पनि भेदभाव गर्दिन – सभामुख अर्याल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ चैत्र २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – सभामुख डोलप्रसाद अर्यालले सदनमा दलगत सहभागिताका आधारमा कसैलाई पनि भेदभाव नहुने स्पष्ट पारेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले सभामुखको पद तटस्थ, निष्पक्ष र समन्वयकारी हुने भन्दै दलगत सहभागिताका आधारमा कसैलाई पनि भेदभाव नहुने स्पष्ट बताए । संसदीय व्यवस्थामा सभामुख पदको गरिमालाई अझ उच्च बनाउने कार्यमा आफ्नो अहम भूमिका रहने उनको भनाइ छ ।

- Advertisement -
Ad image

सभामुख अर्यालले संसदीय व्यवस्थाको सुन्दरता नै नीतिगत बहस, छलफल र निष्कर्ष भएकाले यस कार्यको लागि संसद एक खुला विश्वविद्यालयसरह रहने धारणा राखे ।

सत्तापक्षको गुण र दोषको आधारमा प्रतिपक्षले भूमिका निर्वाह गर्ने हुँदा समाजमा सुशासन कायम गरी विकसित राष्ट्र निर्माणमा सवै सांसदहरुको प्रभावकारी भूमिका रहने उनले बताए ।

सभामुख अर्यालले संविधान र प्रचलित कानुनको अधीनमा रही राजनीतिक दलहरूसँगको आपसी सहयोग र समन्वयको आधारमा अघि बढ्ने समेत प्रतिबद्धता व्यक्त गरे । साथै उनले देशमा सुशासन कायम, भ्रष्टाचार नियन्त्रण गरी विकास निर्माण गर्न र रोजगारी सिर्जनाका लागि आवश्यक कानुन बनाउने थलो संसद भएकोले सबै राजनीतिक दलहरूलाई रचनात्मक सहयोग र सहभागिताको लागि आग्रह समेत गरे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्