आज मिति वि. सं. २०८२ चैत २२ गते आईतबार ई. सं. २०२६ अप्रिल ५ नेपाल सम्बत ११४६ चौलाथ्व तृतीया, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत शुक्ल तृतीया, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, बज्र योग, विष्टि करण । आज बिहान ५ बजेर ५२ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर २४ मिनेटमा अस्ताउनेछ ।
आजको राशिफल
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– नियमित कार्य रमाइलो तरिकाले गर्न सकिने समय छ । आरोग्यता रहनुका साथै कर्मबल बढ्नाले रोकिएको कामले पूर्णता पाउनेछ । ऐश्वर्य वृद्धिले आनन्द दिलाउला । नियमकानूनले साथ दिनेछ । जस्तोसुकै जिम्मेवारी पूरा गर्ने सामर्थ्य रहने देखिन्छ । खेलकूद, भ्रमणमा एवम् रसरागका क्रियाकलापमा आकर्षण रहनेछ । शत्रुमाथि विजय प्राप्त होला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– शुभदायी समय रहेकोले सुख वृद्धि हुनेछ । रोकिएको काम अघि बढ्नेछ भने प्रियजनसँगको भेटघाटले मन प्रफुल्ल तुल्याउला । कर्म-सामर्थ्य वृद्धि हुनेछ । बौद्धिक क्रियाकलापमा सक्रियता बढ्नुका साथै विवेकको सही प्रयोगले प्रशंसा दिलाउनेछ । मित्रजनसँगको जमघटमा मिठो भोजन प्राप्त हुने देखिन्छ । सु-सुविधाको वस्तुमा खर्च बढ्न सक्छ, योजना र बजेट बनाइ खर्च गर्नु उचित हुनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– नयाँ कामका योजना बन्ने र नियमित कर्ममा पनि जाँगर चल्ने समय छ । व्यापारमा सफलता मिल्नेछ भने आर्थिक बचत वृद्धिको योग छ । रमाइलो यात्रा हुनसक्छ । विपरीतलिंगी मित्रको साथ-सहयोगले सफलता र खुशी मिल्ने देखिन्छ । गीतसंगीत एवम् रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– अनुकूलता वृद्धि भइ रोकिएको काममा सफलता मिल्ने समय छ । इष्टमित्रको साथ-सहयोग र प्रशंसा प्राप्त होला । आमोदप्रमोदमा रम्ने अवसर जुर्ने देखिन्छ । कामबाट फुर्सद मिल्नुका साथै मन प्रसन्न रहला । व्यापार र रोजगारीका क्षेत्रमा विशेष लाभ मिल्ने योग छ । प्रेमभाव बढ्नेछ । समग्रमा दिन मनोरञ्जनपूर्ण रहनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– नियमित कार्यलाई रमाइलो तरिकाले सम्पादन गर्न सकिने समय छ । आजको दिन अधुरा कार्यहरूले पूर्णता पाउन सक्छन्, धैर्यपूर्वक प्रयास गर्नुहोला । नयाँ कामका योजना बन्ने देखिन्छ । नोकरी र राजनीतिक वा सामाजिक क्रियाकलापबाट पनि प्रशंसा मिल्ने योग छ । प्रेमभाव वृद्धि र दाम्पत्यसुख मिल्नेछ । सन्तान पक्षबाट सुख बढ्नेछ । प्रतिष्पर्धीलाई परास्त गर्न सकिनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– नियमित काममा रुचि तथा जाँगर बढ्ने र आर्थिक क्षेत्रमा राम्रै प्रगति हुने समय छ । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त होला । आजको दिन आगो र मेसिनरी सामग्रीबाट जोगिन विशेष सावधानी अपनाउनु हितकर हुनेछ । वादविवादको सामना गर्नुपर्ने योग रहेकोले अनावश्यक विवादबाट बच्न संयमता अपनाउनुहोला । नयाँ योजनामा हात हाल्दै हुनुहुन्छ भने केही समय थाती राख्नु सान्दर्भिक ठहरिनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– विशेष योजना पूर्णरूपले कार्यान्वयन हुन नसक्ने समय भएपनि तपाईंको परिश्रमले सुखदायी परिणाम दिनेछ । मनमा कता-कता भयले बास गरेपनि नियमित कर्ममा असर गर्नेछैन । कतै मान-सम्मान प्राप्त हुने योग रहेको छ । मिठो भोजन प्राप्त हुनेछ । स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो समय छ । व्यापारमा सफलता मिल्ने, यात्रा एवम् भेटघाटमा रमाउने दिन छ । प्रेमभाव वृद्धि हुनेछ । आफन्तको साथ मिल्नेछ । सुख विलास बढ्ने देखिन्छ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– पराक्रम बढ्ने र काममा प्रशस्त मात्रामा मन जाने दिन छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ भने वैदेशिक कामकाजसम्बन्धी लगानीबाट विशेष लाभ प्राप्त होला । अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत जुर्ने देखिन्छ । आरोग्यबल बढ्नेछ । बौद्धिक तथा रचनात्मक क्रियाकलापमा सक्रियता वृद्धि हुनेछ, जसले मान–प्रतिष्ठा पनि वृद्धि गर्नेछ । यात्रापरक काम बन्नेछ । परिवारिक सुखले उत्साह बढाउला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– चुनौतीयुक्त समय छ । आजको दिन पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सफलताको लागि विशेया सावधानी अपनाएर काम गर्नुपर्नेछ । स्वास्थ्य केही कमजोर रहनसक्छ, खानपानलगायतका शारीरिक व्यवहारमा सावधानी अपनाउनु उचित हुनेछ । फजुलमा धननाश हुने योग छ । अनावश्यक झमेलाबाट जोगिन संयमतापूर्ण व्यवहारको दरकार छ । मित्रजनको सहयोगले समस्याको समाधान प्राप्त हुने देखिन्छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– आजको दिन पारिवारिक सुख शान्ति बढ्नुको साथै नियमित कार्यमा जाँगर बढ्नेछ । आर्थिक क्षेत्रमा विशेष सफलता मिल्ने देखिन्छ । नसोचेको ठाउँबाट धनलाभ भइ मन हर्षित रहला । फलदायी कार्यमा लगानी वृद्धि हुनेछ । आरोग्यबल बढ्नेछ । रसरागको भाव वृद्धि होला । विपरीतलिंगीको साथ-सहयोगले महत्वपूर्ण काम बन्ने योग छ । कलात्मक काममा रुचि रहनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– नियमित कर्ममा जाँगर र गति बढ्नुका साथै नयाँ योजना कार्यान्वयनमा मन जाने समय छ । घर–परिवार एवम् मित्रजनको साथ मिल्नाले हर्ष बढ्ला । धनलाभको योग छ । लामो यात्राको प्रक्रिया अघि बढ्ने सम्भावना छ । आयबल बढ्नाले सुख वृद्धि होला । यात्रागत कार्यमा सफलता मिल्नेछ । जस्तोसुकै समस्यामा सफलता हासिल हुने देखिन्छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– मिश्रित फलदायी समय छ । साहसिक काममा आकर्षण बढ्नेछ भने कार्य-व्यवहारमा सफलता मिल्नेछ । आजको दिन सोच्दैनसोचेको कुरामा धन खर्च हुनसक्छ । व्यर्थको खर्चले मन पिरोल्ला । मित्रजनसँग चिसोपन बढ्न सक्छ । धनमाल हराउने योग रहेकोले विशेष सावधानीको दरकार छ । व्यवसायिक कार्यमा सफलता मिल्ने देखिन्छ । आफ्नो क्षेत्रमा वर्चश्व बढ्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्