हवाई इन्धन मूल्य वृद्धि हुँदा नयाँ भाडा दर समायोजन: अब धनगढीभन्दा दिल्ली पुग्न सस्तो !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ चैत्र २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य दोब्बर बढेपछि वायुसेवा कम्पनीहरूले आफ्नो उडान भाडा र हेलिकप्टर भाडा दर स्वतः समायोजन गरेका छन्।

निगमले २०६२/१२/१८ गतेदेखि कायम गरेको प्रति लिटर १२४० रुपैयाँ बाट २५११ रुपैयाँ कायम गरेको छ।

- Advertisement -
Ad image

हवाई इन्धनको मूल्य वृद्धि कारण वायुसेवा संचालित संघका सदस्य वायुसेवा कम्पनीहरूले आफ्नो उडान भाडा र हेलिकप्टर भाडा दर स्वतः समायोजन गर्ने भएका हुन्।

संघका प्रवक्ता मुरलीधर जोशीका अनुसार, हवाई इन्धनको मूल्य बढ्दा यात्रुहरूको भाडा दर पनि तत्काली समायोजन गरिने अभ्यास हुँदै आएको छ। साथै, यस मूल्य वृद्धिले सर्वसाधारणमा पर्न सक्ने असुविधाप्रति संघले क्षमा याचना गरेको छ।

यात्रुहरूले नयाँ हवाई भाडा दर लागू हुने विवरण आफ्ना उडानको टिकट बुकिङ वा एयरलाइन वेबसाइटमार्फत थाहा पाउन सक्ने जनाइएको छ।

‘हवाई इन्धनको मूल्य बढ्दा वा घट्दा भाडा दर तत्कालीक रूपमा समायोजन गरिने प्रचलन छ। यसले यात्रुहरूमा पर्न सक्ने असुविधा प्रति हामी क्षमायाचना गर्दछौं,’ विज्ञप्तीमा उल्लेख गरिएको छ।

नयाँ भाडादर अनुसार अब काठमाडौँबाट सुदूरपश्चिमको धनगढी जान लाग्ने खर्चभन्दा भारतको राजधानी नयाँ दिल्ली पुग्न कम सस्तो छ।

आउने शनिबारका लागि काठमाडौँ-धनगढीको एकतर्फी भाडा अधिकतम २१ हजार ६०८ रुपैयाँ पुगेको छ। रोचक के छ भने, सोही दिन काठमाडौँबाट अन्तर्राष्ट्रिय उडानमार्फत नयाँ दिल्ली जान १७ हजार ९ सय ४९ रुपैयाँ मात्रै लाग्ने देखिन्छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्