सङ्घीय संसद् सचिवालयको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ चैत्र २०८२, बुधबार
1 Min Read
Aa

 

काठमाडौं – संसद् सचिवालयले बुधबार (चैत १८) सर्वदलीय बैठक आह्वान गरेको छ । सर्वदलीय बैठक आज दिउँसो १ बजे संसद् सचिवालयमा बस्ने गरी बोलाइएको छ ।

- Advertisement -
Ad imageAd image

सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन बोलाइएसँगै बैठकको मिति तय गरिएको हो । बिहीबार (चैत १९) दिउँसो २ बजे प्रतिनिधिसभाको पहिलो बैठक बस्दै छ । सोही बैठकका विषयमा छलफल गर्न संसद्‌मा प्रतिनिधित्व गर्ने ६ दलको बैठक बोलाइएको हो ।

सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्यले संसद्को अध्यक्षता गर्नेछन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले यही चैत १२ गते प्रतिनिधिसभाका सदस्यलाई शपथ खुवाएका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्