काठमाडौं – पाँच पटकको विजेता मुम्बई इन्डियन्सले आईपीएल २०२६ मा विजयी सुरुआत गरेको छ । यो जितसँगै मुम्बईले दुई अंक जोडेको छ । आईतबार मुम्बईले प्रतियोगिताको आफ्नो पहिलो खेलमा तीन पटकको विजेता कोलकाता नाईट राईडर्सलाई ६ विकेटले पराजित गरेको हो ।
मुम्बईस्थित वान्खेडे क्रिकेट रंगशालामा कोलकाताले प्रस्तुत गरेको २२१ रनको लक्ष्य मुम्बईले १९.१ ओभरमा चार विकेट गुमाएर पुरा गरेको थियो ।
काठमाडौं । पाँच पटकको विजेता मुम्बई इन्डियन्सले आईपीएल २०२६ मा विजयी सुरुआत गरेको छ । यो जितसँगै मुम्बईले दुई अंक जोडेको छ ।
आइतबार मुम्बईले प्रतियोगिताको आफ्नो पहिलो खेलमा तीन पटकको विजेता कोलकाता नाईट राईडर्सलाई ६ विकेटले पराजित गरेको हो । मुम्बईस्थित वान्खेडे क्रिकेट रंगशालामा कोलकाताले प्रस्तुत गरेको २२१ रनको लक्ष्य मुम्बईले १९.१ ओभरमा चार विकेट गुमाएर पुरा गरेको थियो ।
मुम्बईको जितमा रायन रिकेल्टनले सर्वाधिक ८१ रन बनाए । ४ बल खेलेका रिकेल्टनले चार चौका र आठ छक्का प्रहार गरे । उनले पहिलो विकेटको निम्ति ओपनर रोहित शर्मासँग १४८ रनको शतकीय साझेदारी गरेका थिए ।
ओपनर रोहित शर्माले ७८ रनको अर्धशतकीय पारी खेले । रोहितले ३८ बलमा समान ६ चौका र छक्का प्रहार गरे । तिलक वर्माले २०, सुर्यकुमार यादवले १६ र हार्दिक पण्ड्याले १८ रन जोडे ।
कोलकाताका वैभव अरोरा, सुनिल नराइन र कार्तिक त्यागीले समान एक विकेट लिए । त्यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको कोलकाता नाईट राइडर्सले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २२० रनको योगफल खडा गरेको थियो ।
कोलकाताका निम्ति अजिंके राहानेले ६७ को अर्धकशतकीय इनिङ खेले । ४० बल खेलेका राहानेले तीन चौका र पाँच छक्का प्रहार गरेका थिए । उनले पहिलो विकेटको निम्ति ओपनर फिन एलनसँग ६९ रनको अर्धशतकीय साझेदारी गरेका थिए ।
चौथो नम्बरमा ब्याटिङ गर्न आएका अंक्रिस रघुवंशीले पनि ५१ रनको अर्धशतकीय पारी खेले । रघुवंशीले २९ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । यी दुईले १३ं.३ ओभरदेखि १८.३ ओभरसम्म साझेदारी गर्दै ६० रन जोडेका थिए ।
आईपीएलमा आज चेन्नाई सुपर किंग्स र राजस्थान रोयल्स भिड्दै छन् । खेलमा दुवै टोली सुखद सुरुआतको खोजीमा छन् । चेन्नाई आईपीएलको पाँचपटकको विजेता हो । यस वर्ष रुतुराज गाइक्वाडको कप्तानीमा मैदान उत्रन लागेको चेन्नाईले सन् २०१०, २०११, २०१८, २०२१ र २०२३ मा आईपीएलको उपाधि जितेको थियो ।
राजस्थानले भने एकपटक मात्र आईपीएल जितेको छ । सन् २००८ मा सम्पन्न पहिलो संस्करण जित्दै यो टोलीले विजेता सूचीको पहिलो स्थानमा आफ्नो नाम लेखाएको थियो । यस वर्ष रायन पारागको कप्तानीमा मैदान उत्रनेछ ।


प्रतिक्रिया दिनुहोस्