कोहली र पडिक्कलको अर्धशतकमा बैंगलुरुको विजयी सुरुवात

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ चैत्र २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी शुरुवात गरेको छ । शनिबार सम्पन्न जारी सिजनको पहिलो खेलमा सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

सनराइजर्सले दिएको २०२ रनको लक्ष्य पछाएको रोयल च्यालेन्जर्सले १५.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । रोयल च्यालेन्जर्सका लागि विराट कोहलीले सर्बाधिक ६९ रन बनाएका थिए भने देवदत्त पाडिकलले ६१ र कप्तान रजत पाटीदारले ३१ रन बनाएका थिए ।

- Advertisement -
Ad imageAd image

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सनराइजर्सले इशान किशनको ८० र अनिकेत बर्माको ४३ रनको सहयोगले २० ओभरमा ९ विकेट गुमाउदै २०१ रन बनाएको थियो । यो जितपछि डिफेन्डिङ च्याम्पियन्स रोयल च्यालेन्जर्सले यस सिजनमा विजयी शुरुवात गरेको छ । आइपिएल अन्तर्गत आज मुम्बई इण्डियन्स र कोलकोता नाइटराइडर्सबीच हुदैछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्