गृहमन्त्री गुरूङले दुवै आईजीपीलाई सिंहदरबार बोलाए: थप नेताहरू पक्राउ पर्न सक्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ चैत्र २०८२, शनिबार
1 Min Read
Aa

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ दुवै प्रहरीका महानिरीक्षकलाई सिंहदरबार बोलाएका छन्। गृहमन्त्रीले बोलाएपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल सिंहदरबार पुगेका छन्।

उनीहरूले सँगै नेपाल प्रहरीको कार्य विभागका एआईजी उमाप्रसाद चतुरवेदी, उपत्यका प्रहरी प्रमुख एआईजी ईश्वर कार्की र सशस्त्र प्रहरीका कार्य विभाग प्रमुख गणेश ठाडा मगर पनि सिंहदरबार पुगेका छन्।

- Advertisement -
Ad imageAd image

दुवै आईजीपीसहित प्रहरी अधिकारीहरू गृहमन्त्री गुरुङको कार्यकक्षमा रहेको प्रहरी जनाएको छ। प्रहरी स्रोतका अनुसार, उनीहरू आन्तरिक छलफलमा रहेका छन्।

यअसघि शुक्रबार पनि गृहमन्त्री गुरुङले दुवै आईजीपीलाई गृहमन्त्रालय बोलाएका छन्। त्यसपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न निर्देशन दिएका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्