आजको मौसम: काठमाडौँ उपत्यकामा वर्षा जारी रहने सम्भावना, कस्तो छ देशभरको अवस्था ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ चैत्र २०८२, शनिबार
1 Min Read
Aa

काठमाडौँ – काठमाडौँ उपत्यकामा आज (शनिबार) पनि वर्षा जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पनि काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको छ विभागले भनेको छ । हिजो पनि साँझपख काठमाडौँ उपत्यकामा गड्याङगुडुङसहित वर्षा भएको थियो । अहिले भने वर्षा रोकिएको मौसम महाशाखाले जानकारी दिएको छ ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेका कारण हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू-भागमा अधिकांश बादल लागेको छ, देशका बाँकी भू-भागमा साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केहि स्थानहरूमा बाकि प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपात भईरहेको छ ।

- Advertisement -
Ad image

आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/असिना/हावाहुरी सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशभर साधारणतया बादल लाग्नेछ। कोशी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्