कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै: सभापति थापाको राजीनामा अस्वीकृत हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ चैत्र २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दै छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनपछि बस्न लागेको यो बैठकलाई महत्त्वका साथ हेरिएको छ ।

चुनावको समीक्षा र भावी रणनीति तयार गर्न कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो । बैठक बोलाएपछि पार्टी सभापति गगन थापाले बुधबार पदबाट राजीनामा दिएकाले यो बैठक कसरी अगाडि बढ्छ भन्ने चासो बढेको छ ।

- Advertisement -
Ad image

सभापति थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामापत्र बुझाएका हुन् । सभापति थापाको राजीनामापत्रका सन्दर्भमा पनि बैठकमा छलफल हुने छ । उपसभापति शर्माले सभापतिको राजीनामा अस्वीकृत हुने बताइसकेका छन् । यद्यपि बैठकमा छलफल गरेपछि यो विषयमा कांग्रेसले निर्णय लिनेछ ।

विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापति निर्वाचित थापाको राजीनामापछि बैठकको सभापतित्व उपसभापति शर्माले पहिलो पटक गर्दैछन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्