काठमाडौँ – मध्यपूर्वी देशहरूमा चलिरहेको संकटका कारण आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालमा हुने भनिएको त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल स्थगित भएको छ।
इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गर्दा मध्यपूर्वी देशहरू हाल द्वन्द्वको संकटमा रहेका छन्। उक्त संकटलाई मध्यनजर गर्दै नेपाल क्रिकेट सङ्घ (क्यान) ले काठमाडौँमा आगामी मार्च १० (फागुन २६) देखि सुरु हुने तय भएको सिरिज अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको हो।
सिरिजमा नेपाल, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) सहभागी हुँदै थिए। अहिले ओमन र युएई द्वन्द्वको चपेटामा परेका छन्। द्वन्द्वका कारण हवाई मार्गहरू स्थगति भएको र ओमान र युएईका टोलीहरू नेपाल आउन नसक्ने भएपछि खेल स्थगित गर्नुपरेको क्यानले जानकारी दिएको छ।
क्यानले गित गरिएका खेलहरूको नयाँ तालिका आगामी दिनहरूमा सरोकारवाला पक्षहरूसँगको आवश्यक परामर्श र समन्वयपछि सार्वजनिक गरिने जनाएको छ।



प्रतिक्रिया दिनुहोस्