सुर्खेतमा अवतरणका क्रममा श्री एयरलाइन्सको टायर पड्कियो, सुरक्षित अवतरण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० फाल्गुन २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं – सुर्खेत विमानस्थलमा अवतरणका क्रममा श्री एयरलाइन्सको विमानको टायर पड्किएको छ । काठमाडौंबाट सुर्खेतका लागि उडेको एसएचए १२३ ९एन- एओएल कलसाइनको जहाजको टायर अवतरणका क्रममा पड्किएको प्रहरीले जानकारी दिएको छ ।

उक्त जहाज काठमाडौंबाट बुधबार दिउँसो सवा ३ बजे टेकअप गरेको थियो । सुर्खेत विमानस्थलमा दिउँसो ३:५० मा अवतरणका क्रममा जहाजको टायर पड्किएको हो ।

- Advertisement -
Ad image

विमानको पछाडिको बायाँ तर्फको बाहिरपट्टीको टायर घर्षणका कारण पड्किएको जनाइएको छ । टायर पड्किए पनि सुरक्षित अवतरण भएको र यात्रु सुरक्षित रहेको जनाइएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्