भारतले वेस्ट इन्डिजलाई पराजित गरेसँगै टी–२० विश्वकपको सेमिफाइनल समीकरण पूरा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ फाल्गुन २०८२, सोमबार
2 Min Read
Aa

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। आईतबार भएको सुपर ८ को अन्तिम खेलमा वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै भारतले अन्तिम चारमा स्थान बनाएसँगै विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको हो।

विश्वकपको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्नेछन्। पहिलो सेमिफाइनल खेल कोलकताको इडेन गार्डेनमा बुधबार हुनेछ। दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्ड र भारत भिड्नेछन्। यो खेल मुम्बइको वानखेडे स्टेडियममा बिहीबार हुनेछ।

- Advertisement -
Ad imageAd image

विश्वकपको सेमिफाइनल र फाइनल खेलका लागि रिजर्भ डे राखिएको छ। विश्वकप २०२६ को फाइनल खेल आगामी आईतबार हुनेछ। सुपर ८ को समूह १ बाट दक्षिण अफ्रिका र भारतले सेमिफाइनलमा स्थान बनाएका हुन्।

सुपर ८ को ३ खेलबाट ६ अंक जोडेको दक्षिण अफ्रिका शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो। सेमिफाइनल पुग्न जित्नैपर्ने दबाबमा रहेको खेलमा वेस्ट इन्डिज भारतसँग पराजित हुन पुग्यो। सुपर ८ मा १ जित र २ खेलमा हार भोगेको वेस्ट इन्डिज तेस्रो स्थानमा रह्यो। जिम्बाबेले भने सुपर ८ का तिनै खेलमा हार भोग्यो।

समूह २ बाट इंग्ल्यान्ड शीर्ष र न्युजिल्यान्ड दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका छन्। सुपर ८ को तिन खेलमा जित निकालेको इंग्ल्यान्ड ६ अंकमा शीर्ष स्थानमा रह्यो। एक खेलका जित, एक खेलमा हार र एक खेलमा अंक बाँडेको न्यु जिल्यान्ड ३ अंकमा दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो।

न्युजिल्यान्डसँगै पाकिस्तानको पनि समान ३ अंक भएपनि नेट रनरेटमा पछि रहँदै पाकिस्तान सुपर ८ बाटै बाहिरिएको हो। अर्को विश्वकप आयोजक श्रीलंका भने सुपर ८ को तिनै खेलमा पराजित हुँदै बाहिरिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्