आजको मौसम: कोशी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपातको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० फाल्गुन २०८२, आईतवार
1 Min Read
Aa
l;dsf]6, !* dªl;/M x'Dnfdf lxdkft ???????? ?????? ???????? ePsf] ?????? ? lxdkftkl5 cToflws lr;f]sf sf/0f hghLjg si6s/ ag]sf] 5 . ??????: bfg] ?????÷????

काठमाडौँ – नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागलगायत अन्य बाँकी हिमाली भूभागमा आंशिक बादल लागेको छ र बाँकी भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ । देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी र हिमाली भागका केही स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

- Advertisement -
Ad image

त्यसैगरी आज राति तराई भागका केही स्थानमा तुँवालो लाग्नेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागमा आंशिक बादल लाग्नेछ बाँकी भूभागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले हुस्सु र तुवाँलो लाग्ने तथा हिमपात हुने पूर्वानुमान गरिएका क्षेत्रका बासिन्दा तथा ती भेगमा यातायातका साधन सञ्चालनलगायत दैनिक गतिविधि सावधानीपूर्वक गर्न सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्