रास्वपाले स्थगित गर्‍यो भैरहवा र पाेखराको चुनावी सभा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ फाल्गुन २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देहीको भैरहवामा शनिबार र पोखरामा आइतबार आयोजना गर्न लागेको चुनावी सभा स्थगित गरेको छ । पार्टीका उपसभापति डोलप्रसाद अर्यालले मातहतका संगठनलाई पत्राचार गर्दै सभा स्थगित गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।

संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापन लगायतका विशेष कारणले हाललाई चुनावी सभा स्थगित गर्नुपरेको पार्टी केन्द्रीय कार्यालयले प्रदेश समितिलाई पठाएको पत्रमा उल्लेख छ ।

- Advertisement -
Ad image

प्रदेशस्तरीय उक्त सभाका लागि पत्रकार सम्मेलन, प्रचार प्रसार र स्टेज निर्माणको काम समेत भइरहेको थियो । गएराति दाङमा रास्वपा समर्थकहरुले एमालेको झण्डा जलाएको कारण रुपन्देहीको सभा स्थगित भएको हुन सक्ने आंकलन गरिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्