टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० माघ २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – आईसीसी पुरुष टी– २० विश्वकप अन्तर्गत नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ। आजको खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको हो।

नेपालले दिएको १२४ रनको सामान्य लक्ष्य इटालीले १२.४ ओभरमा कुनै विकेट नगुमाई पुरा गरेको हो। इटालीको सहज जितमा जस्टिन मोस्का र एन्थोनी मोस्काले सानदार साझेदारी गरे। जस्टिन ६० तथा एन्थोनी ६२ रनमा अविजित रहे। ४४ बल खेलेका जस्टिनले ५ चौका तथा ३ छक्का प्रहार गरे। यस्तै, एन्थोनीले ३ चौका र ६ छक्का हिर्र्काए। नेपालका कुनै पनि बलर चल्न सकेनन् र विकेटविहिन बने।

- Advertisement -
Ad imageAd image

त्यसअघि मुम्बईस्थित वानखेडे मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपाल १९.३ ओभरमा १२३ रनमै अलआउट भयो।

आरिफ शेखले २७, रोहित पौडेलले २३, आसिफ शेखले २० दीपेन्द्र सिंह ऐरीले १७, करण केसी १८ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

कुशल भुर्तेलले ५, लोकेश बम र गुलशन झाले ३–३ रन बनाउँदा नन्दन यादवले खाता पनि खोल्न सकेनन्।

बलिङतर्फ इटालीका क्रिसन कलुगामागेले तीन तथा बेन मनेन्टीले दुई विकेट लिए भने अलि हसन, जेजे स्मट्स र जसप्रीत सिंहले एक–एक विकेट लिए। यसअघिको खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो। आजको खेल हारेसँगै नेपाल अंकविहिन बन्न पुगेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्