टी-२० विश्वकपमा नेपाल र इटालीको भिडन्त आज

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० माघ २०८२, बिहीबार
2 Min Read
Aa

काठमाडौँ – आईसीसी टी-२० विश्वकप अन्तर्गत आज नेपालले इटालीसँग खेल्ने तालिका रहेको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा हुने समुह सी अन्तर्गतको यो खेल नेपाली समय अनुसार दिउसो ३: १५ बजेदेखि शुरु हुदैछ ।

जारी विश्वकपमा नेपालले आफ्नो पहिलो खेलमा इङल्याण्डसँग ४ रनले पराजित भएको थियो भने इटालीले आफ्नो पहिलो खेलमा स्कटल्याण्डसँग ७३ रनले हार बेहोरेको थियो ।

- Advertisement -
Ad imageAd image

नेपालले इङल्याण्डविरुद्ध गरेको प्रदर्शनको विश्व क्रिकेट जगतले प्रसंशा गरिरहेको छ । नेपाल सुपर ८ मा पुग्नका लागि आज इटालीविरुद्धको खेल जित्नै पर्ने अवस्थामा रहेको छ । त्यस्तै इटालीले पनि पहिलो खेलमा हार बेहोरेकाले पनि उसका लागि उस्तै अवस्था रहेको छ ।

नेपालले यस पटक तेस्रो पटक विश्वकपमा सहभागिता जनाइरहेको । यस विश्वकपमा नेपाल रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम विश्वकप खेल्न भारतमा रहेको छ । विश्वकप खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, करण केसी, शेर मल्ल र बसिर अहमद रहेका छन् ।

नेपालको समूह सी मा स्कटल्याण्ड, इङल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेका छन् । नेपालले आजको खेलपछि फेब्रुअरी १५ मा वेष्ट इण्डिजसँग र १७ मा स्कटल्याण्डसँग खेल्ने रालिका रहेको छ । नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा खेल्ने तालिका छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्