इङ्ल्यान्डसँग नेपाल ४ रनले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ माघ २०८२, आईतवार
1 Min Read
Aa
England's Will Jacks celebrates with teammates the wicket of Nepal's Kushal Bhurtel during the T20 World Cup cricket match between England and Nepal in Mumbai, India, Sunday,Feb. 8, 2026.(AP Photo/Rafiq Maqbool)

काठमाडौँ – आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा इङ्ग्ल्याण्डसँग नेपाल ४ रनले पराजित भएको छ ।

सोमबार भारत मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा इङ्ग्ल्याण्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपाल ४ रनले पराजित भएको हो । नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १८० रन जोडन पुग्यो ।

- Advertisement -
Ad imageAd image

इङ्ग्ल्याण्डका लागि बेथेलले ३५ बलमा ४–४ चौका र छक्काको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे । यसैगरी ब्रुकले ३२ बलमा ४ चौका ३ छक्कासहित ५३, विल ज्याक्सले अविजित ३९ र जोस बटलरले २६ रन बनाए ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४४, रोहित पौडेलले ३९, कुशल भुर्तेलले २९ रन जोडे । लोकेश बम ३९ रनमा अविजित रहेका छन् ।

बलिङतर्फ इङ्ल्यान्डका लियाम डासनले २ तथा विल ज्याक्स, साम करन, जोफ्रा आर्चर र लुक वुडले १–१ विकेट लिए ।

नेपालका लागि बलिङतर्फ दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २–२ तथा सन्दीप लामिछाने र शेर मल्लले १–१ विकेट लिएका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्