आज जापान भ्रमणमा जाँदै राष्ट्रपति पौडेल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ माघ २०८२, आईतवार
2 Min Read
Aa

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल आज जापाको औपचारिक भ्रमणमा जाँदैछन्। पौडेलले आजदेखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने सरकारले जनाएको छ।

नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा जान लागेका परराष्ट्र मन्त्रालयले जनाएको छ।

- Advertisement -
Ad imageAd image

राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल एयरलाइन्सको उडान नम्बर ४३३ बाट आइतबार राति ११स्३० बजे जापान प्रस्थान गर्ने परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए।

भ्रमण सम्पन्न गरी उनी यही माघ २१ गते सोही एयरलाइन्सको उडान नम्बर ४३४ बाट दिउँसो ४स्३० बजे स्वदेश फर्कर्ने कार्यक्रम छ।

भ्रमणका अवसरमा राष्ट्रपति पौडेलले माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाउने सन्दर्भमा जापान सरकारका तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउने छन्।

उनले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र सचिव राईले बताए।

सोही दिन राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएबीच पनि भेटवार्ता हुने तालिका छ। यस्तै, भ्रमणका क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्ने छन्।

यसैगरी जापानी व्यावसायिक समुदायसँगको बैठकमा सहभागिता जनाउनाका साथै राष्ट्रपति पौडेलले जापानस्थित नेपाली राजदूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुने मन्त्रालयले जनाएको छ।

राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू भ्रमणमा सहभागी हुने बताइएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्