मधेशले पूर्ण विश्वास गरेको खण्डमा कांग्रेसको एकमना सरकार बन्छः सभापति थापा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ माघ २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले आफूहरु ध्वंस गर्ने र उत्तेजना फैलाउने पार्टीका नेता तथा कार्यकर्ता नरहेको बताएका छन् । धनुषा–१ मा आयोजित कार्यकर्ता भेटघाटका क्रममा बोल्दै सभापति थापाले कांग्रेस सम्हाल्ने पार्टी रहेको दाबी गरेका हुन् । उनले अहिले ध्वंस गर्ने, उचाल्ने र उकास्ने नभएर सम्हाल्ने शक्तिको आवश्यकता परेको र त्यसको नेतृत्व कांग्रेसले गरिरहेको बताए ।

‘कांग्रेस भनेको सम्हाल्ने शक्ति हो। यो जानकी माताको ठाउँ हो, यो ठाउँको प्रत्येक घरमा तपाईँले सन्देश पठाउनुपर्छ। हामीलाई ध्वंस गर्ने शक्ति होइन, हामीलाई उचाल्ने शक्ति होइन, हामीलाई उकास्ने शक्ति होइन। हामीलाई सम्हाल्ने शक्ति चाहिएको छ,’– सभापति थापाले भने ।

- Advertisement -
Ad imageAd image

साथै, उनले कांग्रेसभित्र अब कुनै पनि गुट बाँकी नरहेको बताए । कांग्रेस नयाँ सोच र नयाँ शैलीको साथ आएको जिकिर गर्दै सभापति थापाले मधेशले पूर्ण विश्वास गरेको खण्डमा कांग्रेसको एकमना सरकार बन्ने दाबी गरे ।

‘कांग्रेसभित्र कुनै गुट छैन, रहँदा पनि रहँदैन। कसैले एउटा कुरा पनि नराखिकन तपाईँहरूले काम गरिदिनुहोला। यो हिजोको पार्टी होइन, हामी फरक ढङ्गले आएका छौँ, फरक सोचका साथमा आएका छौँ,’– उनले भने ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्