सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी, प्रहरीमाथि ढुंगामुढा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० माघ २०८२, शुक्रबार
1 Min Read
Aa

भक्तपुर – मध्यपुरथिमि-२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी भएको छ। बाल सुधारगृहका दुई समूहबीच भएको झडप आगजनी र तोडफोडमा परिणत भएको थियो।

आपसमा झडप भएपछि थिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गाना नेतृत्वको टोलीले सुधारगृह पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो।

- Advertisement -
Ad imageAd image

प्रहरी टोलीलाई झडपमा संलग्न दुवै समूहले प्रहरीमाथि नै ढुङ्गामुढा गरेको थियो स्थिति नियन्त्रण बाहिर गएपछि सशस्त्र प्रहरी बलबाट ५० जना परिचालन भएका थिए।

मध्यरातमा भक्तपुर र काठमाडौंका वारुणयन्त्रले  आगो निभाएका थिए। सुधारगृहमा भएको क्षतिको विवरण आउन बाँकी रहेको थिमि प्रहरी वृत्तले जनाएको छ। उक्त गृहमा १४५ पुरुष र २४ महिला गरी १६९ जना छन्। अहिले स्थिति नियन्त्रणमा आएको भए पनि त्यहाँ बाक्लो सङ्ख्यामा उपस्थित सुरक्षाकर्मीले निगरानी गरिरहेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्