बालेन शाह कोशी क्षेत्रमा एक साता चुनाव प्रचारमा रहने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ माघ २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह कोशीका विभिन्न जिल्लामा एक साता चुनावी प्रचार प्रसार गर्ने भएका छन् ।

उम्मेदवारी दर्ता गर्न माघ ४ गते जनकपुर पुगेका शाहले माघ ६ गते झापामा प्रतिनिधि सभा सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका थिए । उम्मेदवारी दर्तापछि माघ ७ गते दिनभर झापामै रहेर चुनावी गतिविधिमा सक्रिय रहेका उनी माघ ८ गतेदेखि पाँचथर, तेह्रथुम लगायतका जिल्लामा प्रचार प्रसारमा लाग्नेछन् ।

- Advertisement -
Ad image

यस विषयमा जानकारी दिंदै रास्वपा उम्मेदवार यज्ञमणि न्यौपानेले बताए, “भोलिबाट पाँचथर, तेह्रथुम र ताप्लेजुङ जाने कार्यक्रम छ । त्यसपछि झापा फर्केर धनकुटा र भोजपुरसम्म प्रचार गर्न जाने योजना छ । यसरी उहाँ कोशी क्षेत्रमा करिब एक हप्ता सक्रिय रहनेछन्।”

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्