जनकपुर पुगेर बालेनले भने: अब अधिकार माग्न काठमाडौं जान पर्दैन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ माघ २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले अब मधेस जनता अधिकार माग्न काठमाडौं जान नपर्ने बताएका छन्।

सोमबार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले काठमाडौं घुम्न, पशुपति र स्वयम्भूको दर्शन गर्न मात्र जान आग्रह गर्दै अब अधिकार माग्न जान नपर्ने बताए।

- Advertisement -
Ad image

उनले भने, ‘काठमाडौं घुम्न जानुहोस्। पशुपति स्वयम्भूको दर्शन गर्न जानुहोस्। अब अधिकार माग्न जाने होइन्। त्यो अधिकार अब यही प्रदेश प्रदेशमा नै उपलब्ध हुनेछ।’

यस्तै उनले मधेसको छोरो अब प्रधानमन्त्री बन्ने भन्दै सबैले घण्टीमा भोट हाले सही समय र सही सरकार आउने दाबी गरे।

‘मधेसको छोरो अब प्रधानमन्त्री बन्छ। सबैले घण्टीमा भोट हाल्नुपर्छ। सही समय र सही सरकार आउँछ,’ उनले भने।

त्यस्तै उनले मधेसका उखु किसान माइतीघरमा जाँदा आफू मेयर मात्र भएको कारण केही गर्न नसकेको बताउँदै अब केन्द्रीय राजनीतिमार्फत किसानहरु माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए।

उनले भने, ‘मधेसका उखु किसान माइतीघरमा आउँदा मैंले केही गर्न सकिन किनकी म मेयर मात्र थिए। तर अब म तपाईहरुको साथमा छु किनकी म अब केन्द्रीय राजनीतिमा आएको छु।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्