राजनीतिक जीवनको उत्तरार्द्धमा दल विहीन देउवा !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ माघ २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा दलविहीन बनेका छन् । निर्वाचन आयोगले गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएसँगै देउवा दलविहीन बनेका हुन् ।

गगन पक्षलाई दलको स्वामित्व दिएसँगै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवालाई एकपटक बोलाएर सोधखोज नगरी षड्यन्त्रपूर्ण निर्णय गरेको बताए ।

- Advertisement -
Ad imageAd image

‘एक पक्षले दाबी गरेको बारेमा नेपाली कांग्रेस १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय समिति अहिले पनि यथावत छ । निर्वाचन आयोगले एकपटक संस्थापनपक्ष सभापतिलाई एकपटक नबोलाइकन, निर्वाचन गर्ने प्रक्रियाको खिलाफमा निर्णय आएको छ । यो हामीलाई अमान्य छ,’– उनले भने ।

कांग्रेसको १३औं र १४औं महाधिवेशनबाट निर्वाचित भएका देउवालाई अन्नतः आफ्नै कार्यसमितिका तत्कालीन महामन्त्रीहरुले अपदस्थ गरिदिएका हुन् । योसँगै आसन्न प्रतिनिधिसभाको निर्वाचनमा विशेष महाधिवेशन पक्षधरले टिकट बाँढ्ने निश्चित भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्