सेटिङको आरोप लगाउँदै देउवा पक्षले भन्यो: ‘आयोगको निर्णय हामी मान्दैनौं’

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ माघ २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई दिएको मान्यता देउवा पक्षले नमान्ने बताएको छ । साबिक कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आयोगको निर्णय मान्य नहुने बताएका हुन् ।

महतले आयोगले विधि र प्रक्रियाको धज्जी उडाएको आरोप लगाए ।उनले भने, ’निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो । अब हामी कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्छौं ।’

- Advertisement -
Ad imageAd image

आयोग परिसरमा पुगेका देउवा समूहका उपसभापति पूर्णबहाुर खड्काले सबै सेटिङमा भएको आरोप लगाउँदै आयोगको निर्णय आफूहरुलाई मान्य नहुने बताए । वैधानिक, राजनीतिक र कानुनी सबै लडाइँ लड्ने उनले बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्