गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले दियो मान्यता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ माघ २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिता दिएको छ । शुक्रबार साँझ बसेको बैठकले थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको हो ।

नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका थिए ।

- Advertisement -
Ad image

सभापति चयन भएसँगै बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णय लगत्तै थापा आधिकारिता दाबी गर्दै आयोग पुगेका थिए । आयोगले सबै डकुमेन्ट अध्ययन गरेर थापा नेतृत्वको कमिटीलाई आधिकारिकता दिएको हो ।

यो निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डासहित आधिकारिक कांग्रेसको सभापति गगन थापा बनेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्