विद्यार्थी ठगी प्रकरण: ब्रिटिस कलेजमाथि सिआईबीले थाल्यो अनुसन्धान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ पुष २०८२, मंगलवार
2 Min Read
Aa

काठमाडौं– थापाथलीस्थित द ब्रिटिस कलेजमाथि अनुसन्धान सुरु भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुबईमा इन्टर्नसिप गराउने भन्दै सीआईबीले अनुसन्धान थालेको हो।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनका सल्लाहकार अभिषेक घिमिरेले सीआईबीले अनुसन्धान सुरु गरेको पुष्टि गरे। उनले विद्यार्थीहरुलाई ठगी गरिरहेको पाईए पछि सीआइबीले आफनो तरिकाले अनुसन्धान सुरु गरेको जानकारी दिए।

- Advertisement -
Ad image

उता, शिक्षा मन्त्रालयले ब्रिटिस कलेजले अनुमति नलिईकन पढाइरहेको विषय नै खारेज गर्नेदेखि स्नातक तहसम्मका शैक्षिक कार्यक्रम रद्द गर्ने तयारी गरेको छ। अहिले मन्त्रालयले सात दिनको समय दिएर कलेज सञ्चालक समितिसँग स्पष्टीकरण सोधेको छ।

मन्त्रालयले कलेज सञ्चालक राजन कँडेललाई आईतबार स्पष्टीकरण सोधेको थियो। सो क्रममा कलेज सञ्चालक कँडेलले विद्यार्थीहरुले क्षतिपूर्ति पाइसकेको, उनीहरु खुसी नै रहेकाले विरोध गर्न आवश्यक नभएको भन्दै उम्कन खोजेका थिए। विद्यार्थीहरुले भने न्याय चाहिएको बताएका छन्।

‘विद्यार्थीलाई तिमीहरुले ‘फाइभ स्टार’ होटलमा इन्टर्नसिप पाउँछौ भनेपछि कसको मन लोभिँदैन्? तपाईंले लोभ नदेखाए पनि तपाईंको ‘काउन्सिलर’ले भन्यो होला। काउन्सिलरले भनेकोमा तपाईं जिम्मेवार हुनु पर्दैन?’ मन्त्री पुनले सञ्चालकहरुलाई प्रश्न गरेका थिए।

कलेज सञ्चालक कँडेलले दुबई गएका ८ जना विद्यार्थी मात्र फर्किएका र अरु विद्यार्थी खुसी भएर काम गरेको दाबी गरे। मन्त्री पुनले अनुमति लिएको शैक्षिक कार्यक्रम मात्र चलाउन निर्देशन दिएका थिए।

छानबिनले देखायो– तीन वर्षे कोर्सलाई ४ वर्षे भनेर गरेको ठगी ब्रिटिस कलेजले ३ वर्षे शैक्षिक कार्यक्रमलाई ४ वर्षे भन्दै विद्यार्थीबाट रकम लिइरहेको पाइएको छ। कलेजले ३ वर्षे अनुमति लिएर विद्यार्थीबाट १ वर्षे फाउन्डेसन कोर्स भन्दै २ लाख ५० हजार उठाएको छ।

नेपालमा १ वर्षे कोष आफै ‘डिजाइन’ गरेको खुलासा भएको छ। विद्यार्थीलाई १ वर्ष नेपालमा पढाउने, २ वर्ष दुबई र १ वर्ष बेलायत जान पाउने प्रलोभन देखाउने गरिएको छ।

शिक्षा मन्त्रालयको उच्च शिक्षा शाखाका उपसचिव परशुराम तिवारीको संयोजकत्वमा बनेको चार सदस्यीय छानबिन समितिले शिक्षामन्त्रीलाई बुझाएको प्रतिवेदनले यो ठगी पहिचान गरेको हो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्