कांग्रेस विशेष महाधिवेशन: बिहान १० बजेदेखि बन्दसत्र, ५६‍‍.१२ प्रतिशत जनप्रतिनिधिले गरे हस्ताक्षर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ पुष २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान १० बजेदेखि हुने भएको छ। यसअघि बिहान ८ बजेदेखि हुने भनिए पनि महाधिवेशन प्रतिनिधिको दर्ता गर्ने क्रम बाँकी रहेको र खाजाको समय पनि छुट्टाइएकाले दुई घण्टा ढिला गरी बन्दसत्र हुन लागेको हो ।

व्यवस्थापन उपसमिति अन्तर्गत प्रचारप्रसार संयोजक सुवास पोखरेलका अनुसार बिहान ८ बजेदेखि दर्ता र खाजाको क्रम सुरु हुनेछ भने १० बजेदेखि बन्दसत्र चालु हुनेछ ।

- Advertisement -
Ad imageAd image

विशेष महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या दुई हजार ६६२ पुगेको छ । यो भनेको कूल महाधिवेशन प्रतिनिधिको ५६.१२ प्रतिशत हो । असोजमा विशेष महाधिवेशनको माग गर्दा ५४ प्रतिशत प्रतिनिधिहरुको हस्ताक्षर थियो ।

दर्ताको फाइल उद्घाटन सत्र सकिएसँगै बन्द गरी रात्रिको खानाको क्रम चलेकाले आईतबारका लागि दर्ता बन्द भएको हो । यति नै भनेर यकिन नभए पनि थुप्रैको संख्यामा प्रतिनिधिले आईतबारको उद्घाटनका कारण दर्ता नगरेको पाइएकाले सोमबार बिहान ८ बजेदेखि पुनः दर्ता प्रक्रियाले निरन्तरता पाउने भएको हो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्