आगामी प्रतिनिधिसभा निर्वाचन रुकुम पूर्वबाट लड्ने प्रचण्डको घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ पुष २०८२, शनिबार
1 Min Read
Aa

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुम पूर्वबाट चुनाव लड्ने घोषणा गरेका छन् ।

शनिबार रुकुम पश्चिममा आयोजित नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले आसन्न चुनाव रुकुम पूर्वबाट चुनाव लड्ने घोषणा गरे ।

- Advertisement -
Ad image

सभामा उनले भने, ‘अहिलेको चुनाव रुकुमबाटै लड्छु । म पूर्वी रुकुमबाट लड्ने छु । पूर्वी रुकुमबाट चुनाव लड्ने भनेपछि पश्चिम रुकुम पनि आइरहन्छु भन्ने बुझिराख्नुहोला ।’

यसअघिको चुनावमा प्रचण्ड गोरखाबाट जितेका थिए भने त्यसअघि चितवनबाट विजयी भएका थिए । प्रचण्डले हरेक चुनावमा निर्वाचित क्षेत्र फेर्दै आएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्