रास्वपाले एकपक्षीय रुपमा सहमति तोडेको कुलमान घिसिङको आरोप

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ पुष २०८२, शनिबार
1 Min Read
Aa

काठमाडौं – कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले पुस १४ गते भएको सहमति राष्ट्रिय स्वतन्त्र पार्टीले एकपक्षीय रूपमा तोडेको आरोप लगाएको छ ।

१२ दिनमै रवि लामिछाने र बालेन शाहबीचमा भएका सहमति तोड्दै उज्यालो नेपाल पार्टी सक्रिय गराउँदै उज्यालो नेपाल पार्टीले सो आरोप लगाएको हो ।

- Advertisement -
Ad image

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले सहमति कार्यान्वयन गराउने विषयमा आफूहरू अन्तिम समयसम्म प्रयासरत रहे पनि रास्वपाले एकपक्षीय रूपमा सहमति भङ्ग भएको घोषणा गरेको उल्लेख गरे ।

घिसिङले भने, ‘मैले आज उज्यालो नेपाल पार्टीको सदस्यता लिएको छु । आजै उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठकले मलाई अध्यक्षमा चयन गरेको छ । अब यो उज्यालो नेपाल पार्टीलाई मेरो नेतृत्वमा देशव्यापीरुपमा प्रभावकारीरुपमा अगाडि बढाउने छु ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्