आफ्नो गुटभित्रै एक्लिए देउवा: विश्वासपात्रहरू नै असन्तुष्ट !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ पुष २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्ना विश्वासपात्रहरूबीचमा नै एक्लिन थालेका छन् । पर्सीदेखि सुरु हुने विशेष महाधिवेशनलाई काउन्टर दिन अरु कार्यक्रम राखेको भन्दै उनका विश्वासपात्रहरू नै सभापतिसँग असन्तुष्ट बनेका छन् ।

विशेष महाधिवेशन पक्षधरहरूलाई विश्वासमा लिएर पार्टीलाई एकताबद्ध बनाएर अगाडि लैजाने अभिभावकीय जिम्मेवारीमा रहेका सभापति नै फरक विचार राख्नेहरूसँग भिड्न खोजेको भन्दै संस्थापन समूहभित्रै केही नेताहरूले असन्तुष्टि जनाएका छन् ।

- Advertisement -
Ad imageAd image

स्रोतका अनुसार असन्तुष्ट नेताहरूले आफ्नो कुरा सभापतिलाई पनि बताएका छन् । उनीहरूले हिजोको कार्यसम्पादन समिति बैठकमा र हिजै सभापतिको निवासमा भएको छलफलमा समेत राखेका थिए । उनीहरूले युवा भेला, जिल्ला सभापतिहरूको भेलाको नाममा जिल्लाबाट नेताहरूलाई बोलाउँदा उनीहरू नै वोशेष महाधिवेशनमा सहभागी हुने भन्दै असन्तुष्टी जनाएका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्