आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी काठमाडौंमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ पुष २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी नेपाल ल्याइएको छ। टी–२० विश्वकपको ट्रफी टुर अन्तर्गत नेपाल ल्याइएको ट्रफीलाई सोमबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरेका छन्।

सो क्रममा राष्ट्रपति पौडेलले टि–२० विश्व कपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताउँदै नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको बताए।

- Advertisement -
Ad imageAd image

क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनले यसको व्यावसायिक विकाससँगै खेल क्षेत्रमार्फत नेपाली युवाहरूको उज्ज्वल भविष्य निर्माण हुने आधारसमेत सुदृढ बन्दै गएको धारणा राखे। आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपाली खेलकुद क्षेत्रका लागि सकारात्मक संकेत भएको उनको भनाइ छ।

नेपालमा विश्व कप ट्रफी ल्याई नेपाली क्रिकेट र जनताको उत्साह एवम् आत्मविश्वास अभिवृद्धि गरिदिएकोमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्प्रति उनले धन्यवाद व्यक्त गरे।

राष्ट्रपति पौडेलले नेपालमा आयोजना हुन गइरहेको महिला विश्व कप छनोट प्रतियोगिता तथा भारत र श्रीलंकामा आयोजना हुन गइरहेको टी–२० विश्व कपमा सहभागी हुने महिला तथा पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरेका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्