प्रधानमन्त्रीका श्रीमान् सुवेदीलाई उपचारका लागि भारत लैजाने तयारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ पुष २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा सुवेदीलाई थप उपचारका लागि भारतको नयाँदिल्ली लैजाने तयारी गरिएको छ ।

पिसाबमा संक्रमण देखिएपछि गत बिहीबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका सुवेदीलाई थप विशेषज्ञ सेवाका लागि विदेश लैजाने तयारी भएको हो ।

- Advertisement -
Ad image

प्रधानमन्त्री कार्कीका निजी चिकित्सक डा. मनबहादुर केसीका अनुसार सुवेदी लामो समयदेखि प्रोस्टेटको समस्याबाट पीडित छन् । शिक्षण अस्पतालमा केही दिनको उपचारपछि चिकित्सककै सल्लाह र सिफारिसमा उनलाई दिल्ली लैजाने निर्णय भएको जनाइएको छ ।

सुवेदीको उपचारका लागि उनको साथमा परिवारका अन्य सदस्यहरू समेत नयाँदिल्ली जाने तयारीमा रहेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्