बालेनसहित २६ जना रास्वपाको केन्द्रीय समितिमा मनोनीत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० पुष २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका मेयर बालेन शाहसहित २६ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको छ ।

आईतबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले मेयर शाहसहित २६ जनालाई केन्द्रीय समितिमा अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

- Advertisement -
Ad image

आजै दिउँसो रास्वपाले विवेकशील साझा पार्टीबाट आएका ७ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका थिए । त्यसपछि पुनस् बसेको बैठकले बालेनसहितलाई केन्द्रीय समितिमा नयाँ सदस्यहरू मनोनीत गरेको हो । त्यस्तै, रास्वपाले ४ जना पदाधिकारीको सङ्ख्या थप गर्ने निर्णय पनि गरेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्