महामन्त्रीद्वयको विशेष महाधिवेशन आह्वानपछि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ पुष २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मिति तोकेपछि सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते दुई दिन काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन आह्वान गरेका छन् । भृकुटीमण्डपको हल समेत बुकिङ गरिसकिएको नेताहरुले बताएका छन् ।

- Advertisement -
Ad imageAd image

त्यसको जानकारी पाएपछि सभापति देउवाले शीर्ष नेताहरूसँग छलफल समेत गरेका थिए । लगत्तै पार्टीभित्रको परिस्थितिबारे छलफल गर्न देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई बोलाइएको छ ।

यसअघि कांग्रेस केन्द्रीय समितिले पुस २६ गतेदेखि १५ औं महाधिवेशन गर्ने गरी नियमित महाधिवेशनको कार्यतालिका तय गरेको थियो । त्यसअनुसार वडा र पालिका अधिवेशन हुन नसकेपछि महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशन स्थगित गरी विशेष महाधिवेशन बोलाएका हुन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्