गगन-विश्वको वक्तव्यपछि छलफलमा जुटे देउवा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ पुष २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसका दुवै महामन्त्रीले नियमित महाधिवेशन स्थगित गरिएको घोषणा गरेसँगै सभापति शेरबहादुर देउवाले शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् ।

बिहीबार साँझ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त वक्तव्य जारी गर्दै नियमित महाधिवेशन स्थगित भएको जानकारी गराउँदै विशेष महाधिवेशनको विकल्प अगाडि सारेका छन् ।

- Advertisement -
Ad imageAd image

दुवै महामन्त्रीको वक्तव्यपछि सभापति देउवाले बिहीबार साँझ कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग छलफल गरेका छन् । छलफलमा महामन्त्रीको कदमबारे चर्चा भएको छ ।

त्यससँगै देउवाले शुक्रवार बिहान कांग्रेसका शीर्ष नेतालाई बोलाएका छन्। महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनका लागि गरेका गतिविधिबारे छलफल गर्न शीर्ष नेतालाई बोलाएका हुन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्